IME Life

सुन उत्खनन् गर्दै गाउँपालिका

SPIL
NIC ASIA

रोल्पा । बहुमूल्य धातु सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ नाघेको छ । नेपाल जस्तो सम्पदाले भरिएको देशमा सुन हिराका खानीहरु पनि भएको यदाकदा चर्चामा आउने गरेका छन् । तर नेपाल सरकारले हालसम्म पनि औपचारिक रुपमा सुन उत्खनन् गर्न सकेको छैन ।

रोल्पाको एक गाउँपालिकाले सुन उत्खनन् गर्ने सम्बन्धमा बजेट व्यवस्था गरेर औपचारिक रुपमा पहिलो पटक सुनको खोजी गर्ने गाउँपालिका बनेको छ, रोल्पाको सुनिल स्मृति गाउँपालिका । यद्यपि खानीबाट सुन उत्खनन गर्न लागेको नभई खोलामा सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउन यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । यसबाट बार्षिक रुपमा केही तोला सुन उत्खनन् हुने गाउँपालिकाको अनुमान छ ।

Prabhu
Crest

गाउँपालिकाको उक्त योजना कार्यान्वयन गर्नका लागि यसै आर्थिक वर्षमा दुई लाख रुपैयाँ बजेटसमेत छुट्याइसकेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरलाई उध्रित गर्दै राससले जनाएको छ ।

गाउँपालिका हुँदै बग्ने लुङ्ग्री नदीमा उहिलेदेखि नै सुन खोज्ने परम्परा रहँदै आएकोमा अब सुनको खोजीलाई सरकारी तहबाटै औपचारिक बनाउन लागिएको छ । सुनछहरी झरना रहेको स्थानमा सुनखानी भएको र सो सुनछहरी झरना लुङ्ग्री नदीमा मिसिने भएकाले स्थानीयवासीले लामो समयदेखि नदीको बालुवा चालेर सुन खोज्ने पेशा सञ्चालन गर्दै आएका छन् । सुन चालेरै कैयौं मानिसको जीविकोपार्जन समेत भइरहेको छ । बालुवामा सुनका कणहरुसमेत भेटिने गरेकाले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाको तर्फबाट स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ ।

सुन भेटिने सो नदीआसपासको क्षेत्र मगरबहुल भएकाले उक्त नदीलाई पछि लुङरी भन्न थालिएको छ । मगर भाषामा लुङ भनेको ढुंगा र री भनेको पानी अर्थात् ढुंगाबाट पानी बग्ने भएकाले लुङरी भनिएको मगर भाषाका जानकारहरु बताउँछन् । सरकारको अनुमति लिएर चीनको एउटा कम्पनीले गरेको अध्ययन क्रममा समेत सो झरनामा सुनखानी रहेको प्रतिवेदन बुझाएको स्थानीयवासीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS