IME Life

उपत्यकाका तीन ठाउँमा नेपाल लाइफको अभिकर्ता तालिम

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राजधानी उपत्यकाका तीन ठाउँमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौँ उपत्यकाका चाबहिल, नख्खु र गठ्ठाघर आसपासका शाखा कार्यलयहरुको आयोजनामा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको नेपाल लाईफले जनाएको छ ।

ललितपुरको नख्खुमा नख्खु र कलंकी शाखा कार्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा २० जना नवप्रवेशि अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको प्रशिक्षण नख्खु ब्राञ्चका शाखा प्रमुख निरज शाही र कलकीं शाखाका शाखा प्रमुख वसन्त अर्यालले दिएका थिए ।

Prabhu
Crest

यस्तै चावहिल, सुकेधारा शाखा कार्यालयको संयुक्त प्रयासमा चावहिल शाखा कार्यालयमा आयोजित कार्यक्रममा ६० जना नवप्रवेशि अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नेपाल लाइफका क्षेत्रिय महाप्रबन्धक उमापति पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

भक्तपुरको गठ्ठाघर शाखा कार्यालयमा भने करिब दुई सय जना नवप्रवेशी अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा भक्तपुर शाखा कार्यालयका शाखा प्रमुख बलराम खत्री, वरिष्ठ एजेन्सी लिला अधिकारी र वरिष्ठ एजेन्सी एनबी गुरुङले प्रशिक्षण दिएका थिए ।

यस्तै कम्पनीले काठमाडौं शाखा कार्यालयमा शुक्रबार अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको थियो । नवप्रवेशी एक सय ५० जना अभिकर्ताको उपस्थिति रहेको कार्यक्रमको प्रशिक्षण शाखा कार्यालयका शाखा प्रमुख सञ्जोग केसीले दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS