मल्टिपर्पोज फाइनान्सको हकप्रद भर्ने म्याद १५ दिन थपियो

काठमाडौं । मल्टिपर्पोज फाइनान्सले हकप्रद भर्ने म्याद थप गरेको छ । कम्पनीको ८६५ प्रतिशत हकप्रदमा १५ दिनको समय थप गरेर भदौ ९ गतेसम्म पुर्याएको जनाएको छ । यसअघि मल्टिपर्पोजले असार २३ गतेबाट आइतबार (साउन २६ गते) सम्मको समय तोकेको थियो ।

कम्पनीले १ः८.६५ को अनुपातमा ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन पाउनेछन् ।

हाल फाइनान्सको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रदलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार