Prabhu Life Ad Final

आन्दोलन घोषणा गर्न बीमा अभिकर्ता संघको बैठक बस्दै

IME PAY
IME Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खारेज गरेको बैंकास्योरेन्स फिर्ता लिन माग गर्दै बैंकरहरु आन्दोलनमा उत्रिएका बेला बीमा अभिकर्ताहरु पनि आन्दोलनमा उत्रने भएका छन् । देशैभरिका बीमा अभिकर्ताहरुको छाता संगठन पेशागत बीमा अभिकर्ता संघले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत हटाएको बैंकास्योरेन्स फिर्ता नगर्न आन्दोलन गर्ने भएको हो ।

आन्दोलनका लागि आज अपरान्ह तीन बजे पुतलीसडकस्थित संघको केन्द्रीय कार्यालयमा बैठक आह्वान गरिएको अभिकर्ता संघको अध्यक्ष नन्द प्रसाद तिवारीले इन्स्योरेन्स खवरलाई बताए । अध्यक्ष तिवारीका अनुसार आजको बैठकले आन्दोलनको घोषणा गर्नेछ । विकृति रोक्न राष्ट्र बैंकले अघि सारेको कदमको बैंक र विकास बैंकहरुले विरोध गरेर दादागिरी देखाएकोले आफूहरु पनि आन्दोलनमा होमिनुको विकल्प नभएको तिवारीले बताए ।

बीमा अभिकर्ताहरुको पेशा नै खोसिने गरी बाणिज्य बैंक तथा विकास बैंकहरुले बीमा अभिकर्ताको काम गर्न थालेपछि विकृति भित्रिएको थियो । राष्ट्र बैंकले विकृति रोक्न ऋणीलाई तथा सामूहिक ऋण लगानी गर्दा मात्रै बैंकमार्फत इन्स्योरेन्स गर्न पाइने व्यवस्था गरेपछि बैकर्स संघ र विकास संघ समेत उक्त व्यवस्था फिर्ता गर्न माग गर्दै आन्दोलनमा छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS