Prabhu Life Ad Final

राष्ट्रबैंक विरुद्ध बैंकहरु आन्दोलनमा, बैंकर्स संघले ज्ञापनपत्र बुझायो

IME PAY
IME Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र सोही मौद्रिक नीति अनुसार जारी गरिएको निर्देशिकाका कारण बैंकिङ क्षेत्रलाई अप्ठेरो परेको भन्दै २८ वटै बाणिज्य बैंकहरु आन्दोलनमा उत्रिएका छन् । बाणिज्य बैंकहरुको छाता संगवठन नेपाल बैंकर्स एशोसिएशनले शुक्रबार राष्ट्र बैंकमा आफ्नो ज्ञापनपत्र औपचारिक रुपमा बुझाएर आन्दोलनमा उत्रिएको हो ।

मौद्रिक नीतिलाई कार्यान्वयन गर्न जारी गरिएको निर्देशनहरु मध्ये स्प्रेड दरको गणना विधि र पुँजिकोष गणना विधि सच्याउनु पर्ने तथा बैंकास्योरेन्सको काम गर्न नपाउने व्यवस्था फिर्ता लिनुपर्ने बैंकरहरुको माग छ । बैंकर्स संघको तर्फबाट केन्द्रीय बैंकमा गभर्नर डा. चिरञ्जिवी नेपाल, डेपुटी गभर्नर र विभागीय प्रमुखहरुलाई संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्रमा आफ्ना मागहरुका सम्बन्धमा केन्द्रीय बैंकको ध्यानाकर्षण गराइएको छ ।

स्रोतका अनुसार लिखित रुपमा तीन वटा निर्देशिका भएपनि अलिखित माग पनि बैंकरहरुले अघि सारेका छन् । जस अनुसार बैंकका सिईओ तथा सञ्चालकहरुको उमेरको हदबन्दी तोक्ने कार्य समेत फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS