अजोड इन्स्योरेन्सद्धारा पवर्तका किसानलाई दाबी भुक्तानी

159

काठमाडौं। अजोड इन्स्योरेन्स लिमिटेडले कुस्मा नगरपालिका ११ पकुवामा पर्वतका किसानलाई दाबी भुक्तानी गरेको छ । असिना पानीले आलु खेतीमा क्षती भएपछि पकुवा पञ्चासे साझेदारी कृषी फर्मलाई कम्पनीले दाबी भुक्तानी गरेको हो ।

पकुवा स्थित १५ रोपनी क्षेत्रफलमा लगाएको आलु गत जेष्ठ ९ गते परको असिना पानीले पुर्ण रुपमा क्षती पु¥याएको थियो । फर्मलाई कम्पनीले २ लाख ४४ हजार ८ सय रुपैँया दाबी भुक्तानी गरेको हो ।

अजोडले शुक्रवार फर्मका सञ्चालक सदस्य जगन्नाथ पौडेललाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक अजोड कुस्मा शाखाका प्रमुख हरि सुवेदीले बीमित पौडेललाई हस्तान्तरण गरे ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्