IME Life

यो साता नेप्सेमा भारी अंकको गिरावट, यस्तो छ बजारको अवस्था

SPIL
NIC ASIA

काठमाडौं । बजारमा बिक्री चाप आएसँगै यो साता नेप्से परिसुचक २५ दशमलव २८ अंकले घटेको छ । अघिल्लो साता नेप्से परिसुचक १२६३ दशमलव ८४ को विन्दुमा गएर बन्द भएको थियो भने यो साता नेप्से परिसूचक १,२३८ दशमलव २८ को बिन्दुमा गएर बन्द भएको छ ।
यो साता दोस्रो बजारमा ७४ लाख ३८ हजार कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब १९ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लोे साता दोस्रो बजारमा ७४ लाख ८१ हजार कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ८ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

यो साता सबैभन्दा धेरै कृषि विकास बैंकको कारोबार भएको छ । जसको १७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । यो साता टप टन कारोबार हुने कम्पनीहरुमा नेपाल बैंक, रसुवागडी हाइड्रोपावर, एनसीसी बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक, साञ्जेन जलविद्युत, मुक्तिनाथ विकास बैंक र नबिल बैंक रहेका छन् ।

Prabhu
Crest

यो साता निर्जीवन बीमा समुहको १ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ६ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता निर्जीवन बीमा समुहको २ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा १४ करोड ७८ लाख रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै जीवन बीमा समुहको १ लाख ५३ हजार कित्ता शेयर खरिदविक्री हुँदा ९ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता  जीवन बीमा समुहको १ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा ८ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS