आइपीओ निष्काशनका लागि एनआरएन इन्फास्ट्रक्चरले माग्यो बोर्डसँग अनुमति

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्टले ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति माग गरेको हो ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्टले १ सय रुपैयाँ अंकित दरमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार