IME Life

एलआईसीको ७० प्रतिशत लाभांश पारित, प्रथम बीमाशुल्क आर्जन ४६% ले बढ्यो

SPIL
NIC ASIA

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्ना शेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको १७औं वार्षिक साधारण सभाले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ३४ दशमलव ४६ प्रतिशत वोनस शेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

एलआईसी नेपाल लिमिटेडको १७औं वार्षिक साधारण सभा आज २४ गते दिन नेपाल पुलिस क्लबको सभाहल, प्रदर्शनीमार्ग, काठमाण्डौमा सम्पन्न भएको हो । सभाले आ.ब. २०७४/०७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गरेको छ ।

Prabhu
Crest

कम्पनीले आ.ब. २०७४/०७५ मा १३ लाख तीन हजार तीन सय नौ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत २ अर्ब ८८ करोड ८९ लाख संकलन गर्न सफल भएको थियो । २०७५ आषाढ मसान्तसम्ममा कम्पनीमा कूल चालु बीमालेखको संख्या ७ लाख ३४ हजार ६ सय ८ र कूल जीवन बीमा कोषमा ४२ अर्ब २३ करोड संकलन गरेको छ ।

त्यस्तै आ.ब. २०७४/०७५ मा कम्पनीको कूल जीवन बीमा कोषमा २५ दशमलव ८५ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ९ दशमलव ७० प्रतिशत, लगानीतर्फ २१ दशमलव ७६ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा ५५ दशमलव ६७ प्रतिशतको बृद्धिदर रहेको थियो ।

कम्पनीका अध्यक्ष एम.आर. कुमारले सवै शेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गर्दै उनले एलआईसी नेपालको १८औं (आ.ब. २०७५/७६) वार्षिक साधारण सभा पनि यथासक्य चाडो सम्पन्न गरिने बताए । साथै, आ.ब. २०७५/०७६ मा पनि कम्पनीले प्रथम बीमाशुल्क आर्जनमा ४६ दशमलव ३६ प्रतिशतको बृद्धिदरका साथ कूल वीमाशुल्क आर्जन १३ अर्ब ४१ करोड रुपैयाँ जम्मा गर्न सफल भएको बताए ।

साथै, जीवन बीमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीलाई सदैव एक उदाहरणीय जीवन बीमा कम्पनी कायम राखिरहने प्रतिबद्धता जनाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS