SKIP THIS

National Insurance
IME Life

‘बैंकास्योरेन्स विरुद्धमा सातु–चिउरा बोकेर आन्दोलन गर्न तयार होऔं’

SPIL
प्रकाश सापकोटा
NIC ASIA new
Sanima Reliance

–प्रकाश सापकोटा

केही समय अगाडि राष्ट्र बैकले ल्याएको मौद्रिक नीतिमा उल्लेख भएअनुसार बैकमार्फत हुने बीमा व्यवसाय अर्थात बैंकास्योरेन्स बन्द गर्ने निणय सुन्दा कता–कता म लगायत देशभरि छरिएर रहेका झण्डै पाँच लाख अभिकर्ताको मुहारमा खुसी छायो । यो निर्णय अभिकर्ताको हितमा मात्र नभई सम्पूर्ण बीमित तथा बैंकका कर्मचारीहरुको हित हुने भएकोले यसको दुरगामी महत्व रहेको छ ।

बैंकका शाखा प्रमुखले आफ्ना कर्मचारीलाइ यती जनाको बीमा गरेर ल्याउनु, व्यापार यति पुर्याउनु भन्ने दवाव थेग्नुनपर्ने भएको छ । बैंकका कर्मचारीमाथि हाकिमका विभिन्न किसिमको मानसिक यातना र दवाव दिने कुराको अन्त्य हुन्छ भन्ने अभिप्रायले समेत राष्ट्र बैंकको मौद्रिक नीतिको खुलेर प्रसंशा गरियो । त्यस्तै बैंकका कर्मचारीहरुले ग्राहकको व्यक्तिगत खातासमेत मनोमानी ढङ्गले हेरी रकम भएका ग्राहक छानी–छानी बीमा गर्न लगाउने विकृतिको अन्त्य हुने भएकाले पनि बैंकास्योरेन्सको खारेजीको महत्व निकै छ ।

Prabhu
Crest
प्रकाश सापकोटा
प्रकाश सापकोटा

बैंकमार्फत जबरजस्ती गराइएका बीमा वा बीमालेख नियमित हुन नसकी एक वर्षभित्रैमा बन्द हुनुले बजारमा बीमा सम्बन्धी नकारात्मक भ्रम फैलिन थालेको थियो । मेरो एकजना बैंकमा काम गर्ने साथीले भन्नु हुन्थ्यो, ‘दिनभरी अफिसको टेन्सन, घर आयो कस्लाइ बिमा गराउने टेन्सन म त यो बैकको जागिरबाट वाक्क–दिक्क भैसके यार..!’ यो सुनेर म पनि छक्क पर्थे किनकि बैक तथा वित्तिय संस्थाका कर्मचारीको काम भनेको निक्षेप सङ्कलन गर्ने तथा ऋण प्रवाह गर्ने मात्रै हो ।

बैंकिङ क्षेत्रमा मौलाएको नराम्रो बिकृतिलाई नजिकबाट नियालिरहेको राष्ट्र बैंकले यतिबेला भने सान्दर्भिक काम गरेको छ । नयाँ मौद्रिक नीतिमा बैंकास्योरेन्सको खारेजीले बीमा क्षेत्रको विकृति अन्त्य भएको रुपमा हेर्न सकिन्छ । यसको चौतर्फी प्रसंशा समेत भइरहेको छ ।

हिजोका दिनमा सीमित प्रतिशतमा रहेको बीमा बजारलाइ अभिकर्ताले नै आज यो अवस्थासम्म ल्याएका छन भन्ने कुरा, कसैले पनि बिर्सनु हुँदैन । यदि सबै काम बैंकले गर्ने हो भने १९ वटा जीवन बीमा कम्पनी किन चाहिन्थ्यो ? अर्को कुरा, बुधबार बैकर्स सङघको बैठकले जुन बिज्ञप्ति निकाल्यो, त्यस बिषयमा हामी पेशागन अभिकर्तामा आबद्ध देशैभरिका साथीहरुको घोर आपत्ति छ । सो बिज्ञप्तिमा बैंकले पुनः बीमाको काम गर्न पाउनुपर्छ भनिएको छ । यदि यस निर्णयबाट राष्ट्र बैक पछि हट्यो भने झन्डै पाँच लाख अभिकर्ता सडकमा आउन बाध्य हुनेछन । यसको ठूलो मूल्य बैंकहरुले अबश्य चुकाउन पर्नेछ । पाँच लाख अभिकर्ताको रोजिरोटी चलिरहेको र उनीहरुको पेशागत भविष्यमाथि कुठाराघात गर्ने कार्य हामी जोकोही बीमा अभिकर्ताहरुको लागि स्वीकार्य हुन सक्दैन ।

लाखौ व्यक्तिको रोजगारी पाउने पेशा जुनसुकै प्रकारबाट अतिक्रम्य हुन्छ भने हामी देशैभरिका बीमा अभिकर्ता साथीहरु सातु–चिउरा बोकेर सम्झौताहीन आन्दोलनको लागि तयार हुनुको विकल्प छैन । त्यसको लागि पनि हामी तयार हुन यसै सन्देशमार्फत आग्रह गर्दछु । हामीले, देश, समाज आफ्नो परिवारको लागि नैतिकता, बीमा अभिकर्ताको मूल्य र मान्यताभित्र रहेर पेशा सञ्चालन गर्न पाउनु र हाम्रो पेशागत हक अधिकारको सुरक्षाको लागि संघर्ष गर्नु हाम्रो दायित्व हुन आउँछ । हामीले हाम्रो पेशालाई सुरक्षित बनाउन सकेको खण्डमा मात्रै बीमा व्यवसाय सुरक्षित हुन सक्दछ । अनि सर्वसधारणले गरेको लगानी समेत सुरक्षित हुन सक्दछ भन्ने कुरा नेपाल राष्ट्र बैंक, नेपालका नीति निर्माणको तहमा रहेका मान्यजनहरु तथा बैंकर्स संघ समेतले पनि बुझ्न जरुरी हुन आएको छ ।

(लेखक नेपाल लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर तथा पेशागत अभिकर्ता संघ महाराजगन्ज शाखाका सचिव हुन् ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS