तिजको मुखैमा आकासियो सुनको भाउ

काठमाडौं । पछिल्लो समय सुनको मुल्य बढदै आएको छ । आज बिहीबार सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबारको तुलनामा आज सुनको मुल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुन प्रति तोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो मुल्य अहिलेसम्मको सबै भन्दा महङगो मूल्य हो ।

आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रति तोला १५ रुपैयाँले बढेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रति तोला आठ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार