Prabhu Life Ad Final

प्रभु-पेमार्फत मोबाईल एपमार्फत सिभिल अस्पतालको टिकट काट्ने सुविधा

IME PAY
IME Life

काठमाडौं । प्रविधिले मानिसको दैनिकीलाई निकै सहज र प्रभावकारी बनाउँदै लगेको छ । नेपालका अस्पतालहरुको ओपिडी टिकट विहानैदेखि लाइन बस्नु नेपालीहरुको लागि सामान्य नै हो । तर अब अस्पतालको टिकट अनलाईनबाटै काट्न सकिने भएको छ । राजधानीको सबैभन्दा व्यस्त मध्येका एक मानिने सिभिल अस्पतालमा अनलाईनबाटै टिकट काट्न सकिने भएको छ ।

प्रभु–पे मोबाइल वालेटमार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट गरेको छ । यो सेवा सुरुसँगै बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । मेडीफ्लो सोलुसनले प्रभु–पे मोबाइल एपमार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरिएको प्रभु पेले जनाएको छ ।

यस एपको सेवा सिभिल अस्पतालबाट सुरु गरिएको हो । मेडीफ्लोले यस सेवा प्रभु पे मोबाइल बालेटसँगको सहकार्यमा सुरु गरेको हो । प्रभु–पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । ये सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गनुपर्ने मेडीफ्लो सोलुसनले जनाएको छ ।

प्रभु पे मोबाइल बालेट बाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको ब्यबस्था गरिने प्रभु टेक्नोलोजीले जनाएको छ । प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गरेर टिकट काट्न सकिने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS