IME Life

सरकारी कर्मचारी सिंहदरवारभित्रै धर्नामा

SPIL
NIC ASIA

काठमाडौं । हड्ताल र आन्दोलन निषेध गरिएको सिंहदरवारभित्र आज अपरान्ह कर्मचारीहरुले धर्ना दिएका छन् ।

संघीय सरकारले समायोजन गरी स्थानीय तहमा काम गर्न पठाएका कर्मचारीहरुले स्थानीय तहमा हाजिर समेत गर्न नदिई काम नलगाएपछि सिंहदरबार फर्केर धर्ना दिएका हुन् ।

Prabhu
Crest

स्थानीय सरकारले स्वयम् कर्मचारी भर्ना गर्ने भन्दै केन्द्रबाट पठाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि अलपत्र परेका सिंहदबार फर्किएर सामान्य प्रशासन मन्त्रालयको गेटमा धर्नामा बसेका छन् ।

बिहिवार काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा समायोजनमा परेका कर्मचारीहरुले सरकारले खटाएको कार्यालयमा हाजिर गर्न नदिइएकोले मन्त्रालयमा धर्ना बसेको जनाएका छन् ।

पीडित कर्मचारीहरुले सरकारले आफूहरुलाई बिच्चलीमा पारेकाले आन्दोलनमा बस्न बाध्य भएको जनाएका छन् । सिंहदरवार जस्तो मुलुकको प्रमुख प्रशासकीय केन्द्रमै कर्मचारीहरुले धर्ना दिएको यो पहिलो घटना भने होइन । यद्यपि सरकारले सिंहदरवारलाई धर्ना, जुलुस, आन्दोलनलगायतका विरोधका कार्यक्रम गर्न नपाउने स्थानको रुपमा कडा सुरक्षा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS