IME Life

बैंक अफ काठमान्डूको खुद नाफा ४६% ले बढ्दा अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA

बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आर्थिक वर्ष २०७५ ७६ को चौथो त्रैमाससम्ममा १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ७० प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३२ करोड नाफा गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड छ ।

बैंक अफ काठमान्डूले गत आर्थिक वर्षको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बृद्धि गरेको छ । बैंकले खुल व्याज आम्दानीमा २३ प्रतिशतले बृद्धि गरेको हो भने संचालन मुनाफामा ४७ प्रतिशतले वृद्धि गरेको हो ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्ममा बैंकले ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरी ७१ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप संकलन ७ दशमलव ८३ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ९ दशालव ०४ प्रतिशतले बृद्धि गरेको हो ।

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५८ पैसाले बढेर २४ रुपैयाँ ४ पैसा पुगेको छ । नेटवर्थ १ सय ७३ रुपैयाँ ७२ पैसा छ । बैंकको खराब कर्जा अनुपात १.५ प्रतिशत रहेको छ । आधार ब्याजदर ९.९८ प्रतिशत, र मुल्य आम्दानी अनुपात १०.६१ गुणा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS