IME Life

सरकारी बाहेक सबै बीमा कम्पनीले पूँजी पुर्याउँदै, बाँकी कम्पनीले कसरी पुर्याउँदैछन् ?

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपालमा ४० वटा बीमा कम्पनीहरु संचालनमा रहेका छन् । जसमध्ये १९ वटा लाइफ इन्स्योरेन्स, २० वटा निर्जिवन बीमा कम्पनी र एउटा पूनर्बीमा कम्पनी छन् । नियमनकारी निकायले २०७६ असार मसान्त भित्रै जीवन बीमा कम्पनीको दुई अर्ब र निर्जिवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी अनिवार्य व्यवस्था गरेको छ ।

जसमध्ये नेपाली दोश्रो बजारमा ७ वटा लाइफ इन्स्योरेन्स कम्पनीका शेयर किनबेच हुने गरेका छन । जसमा चार वटा मात्र जीवन बीमा कम्पनीले बीमा समितिले तोकेको २ अर्ब पुँजीको लक्ष्य हासिल गरेका छन् ।

Prabhu
Crest

बीमा समितिले तोकेको दुई अर्ब पुँजीको लक्ष्य हासिल गर्ने जीवन बीमा कम्पनीहरुमा नेपाल लाईफ इन्स्योरेन्स,नेशनल लाईफ इन्स्योरेन्स र एसियन लाईफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतका छन् ।

बीमा कम्पनीहरु मध्येमा सबैभन्दा धेरै चुक्ता पुँजीभ एको कम्पनी नेपाल लाईफ इन्स्योरेन्स हो । सो कम्पनीको पुँजी पाँच अर्ब ४९ करोड । नेशनल लाइफको पुँजी ३ अर्ब छ । एसियन लाइफ इन्स्योरेन्सले २ अर्ब १ करोड रुपैयाँ रहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २ अर्ब रुपैयाँ रहेको छ ।

पूँजी नपुर्याउने जीवन बीमा कम्पनीहरु
प्राइम लाईफ इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी पुर्याउनका लागि कम्पनीले अझै १२ प्रतिशत पूँजी वृद्धि गर्नु पर्ने देखिन्छ । प्राइमले २०७४।७५ र ७५।७६ को साधारणसभा गर्न बाँकी रहेको छ । त्यसकारण प्राईमले दुई आर्थिक वर्षको एजिएमबाट बोनस शेयर बाटै चुक्ता पुँजी पुर्याउने देखिन्छ ।

त्यस्तै, सूर्या लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २६ करोड रुपैयाँ रहेको छ । कम्पनीले अझै आफ्नो पुँजी ५८ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । सूर्या लाईफ इन्स्योरेन्स ७० प्रतिशत हकप्रद शेयर दिने प्रक्रियामा छ । इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ अर्ब १३ करोड चुक्ता पूँजीको आधारमा ७० प्रतिशत हकप्रद दिनेछ सो पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघने छ ।

गुराँस लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ९३ करोड रुपैयाँ रहेको छ । कम्पनीले अझै १ सय १३ प्रतिशतले पूँजी बृद्धि गर्नुपर्ने देखिन्छ । जसका लागि कम्पनीले वार्षिक साधारणसभा बाट १०० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित गरेको छ । सो हकप्रद पश्चात कम्पनीको पुँजी १ अर्ब ८७ करोड पुग्ने छ । हकप्रद शेयर निष्काशन पछि पनि कम्पनीको चुक्ता पूँजी पुग्दैन जसका लागि कम्पनीले बोनशबाट प्रस्ताव गरी चुक्ता पुँजी पुर्याउने सम्भावना देखिन्छ ।

नोट : कम्पनीको पुँजी गणना गर्दा हकप्रद र बोनस शेयरको बुक क्लोज पछि कायम रहेको पुँजीको आधारमा

हाल नेपाली दोस्रो बजारमा १५ वटा निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोबार हुँदै आएको छ । जसमध्ये ११ वटा निर्जीवन बीमा कम्पनीले आफ्नो पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ । बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउने निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स,हिमालयन जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले १ अर्ब पुँजीको हासिल गरेको अवस्था छ ।

पूँजी नपुर्याउने निर्जीवन बीमा कम्पनीहरु
पूँजी नपुर्याउने निर्जीवन बीमा कम्पनीहरुमा लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स,र राष्ट्रिय बीमा हुन् । राष्ट्रिय बीमा कम्पनी सरकारी लगानीको कम्पनी हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सको हाल ८८ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । अझै कम्पनीको पुँजी १३ प्रतिशतले वृद्धि हुन बाँकी छ । लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद निष्काशन गर्न विशेष साधारण सभा बोलाएको छ । प्रस्तावित हकप्रद पछि कम्पनीको पुँजी १ अर्ब पुग्ने छ ।

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको हाल ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउन कम्पनीले अझै ५६ प्रतिशत पूँजी बृद्धि गर्नुपर्ने देखिन्छ । कम्पनीले पुँजी बृद्धिका लागि असार १० गते विषेश साधारण सभाबाट ६० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ । सो पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्ने छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीका हाल ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । अझै कम्पनीको पूँजी ५६ प्रतिशतले बृद्धि हुन बाँकी रहेको छ । कम्पनीले पूँजी बृद्धिका लागि ६० प्रतिशत हकप्रद शेयर निष्काश नगर्ने भएको छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्तापूँजी १ अर्ब नाघने छ ।

राष्ट्रिय बीमा कम्पनीको हालको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । अझै कम्पनीको पूँजी २ सय ७५ प्रतिशतले बृद्धि गर्नुपर्ने देखिन्छ । राष्ट्रिय बीमा कम्पनीले बीमा समितिले तोकेको चुक्ता पूँजी कसरी पुर्याउछन् टुङगो छैन् ।

नोट : कम्पनीको पुँजी गणना गर्दा हकप्रद र बोनस शेयरको बुक क्लोज पछि कायम रहेको पुँजीको आधारमा

उता, नयाँ खुलेका अधिकांश कम्पनीहरुको चुक्ता पुँजीमा पनि समस्या पर्ने देखिदैन । नयाँ खुलेका कम्पनीहरुले प्राथमिक शेयर नै जारी गर्न बाँकी छ । नयाँ खुलेका कम्पनीहरु नयाँ व्यवस्था लागू भएपछि संस्थापना भएका कारण न्यूनतम पुँजीको मापदण्ड अनुसार नै पुँजी लगानी पश्चात मात्रै बीमा समितिबाट अनुमति पाएका हुन् ।

गतवर्ष खुलेका सबै जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब ४० करोडभन्दा माथि छ भने निर्जिवन बीमा कम्पनीहरु चुक्ता पुँजी ७० करोड कटेका छन् । उल्लेखित कम्पनीहरुले ३० प्रतिशत प्राथमिक शेयर जारी गरे पश्चात नयाँ खुलेका सबै जीवन र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजीको माण्डदण्ड पूरा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS