बालुवाटारको आगलागी नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

काठमाडौं । आज अपरान्ह बालुवाटारस्थित केवल टिभी तथा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी सुविसुको कायालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार राजधानीमा उपलब्ध प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्रलगायतका दमकल पुगेर आगो नियन्त्रणमा लिएका हुन् ।

आगो नियन्त्रणमा लिएपछि क्षतिको विवरण संकलन कार्य सुरु गर्ने प्रयास भइरहेको सो कम्पनीले जनाएको छ । आगोलागीबाट मुख्य सर्भर जलेर खरानी हुँदा सुबिसु केबल टिभीले सञ्चालन गरेको क्लीयर टिभी बन्द भएको छ भने इन्टरनेट सेवा आंशिक प्रभावित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार