IME Life

बालुवाटारस्थित सुविसुमा आगलागी, करोडौं बीमा दावी पर्ने प्रारम्भिक अनुमान

SPIL
NIC ASIA

काठमाडौं । बालुवाटारस्थित सुविसु केवल नेटको मुख्य सर्भर रहेको भवनमा अपरान्ह विहान भिषण आगोलागी भएको छ । आगोले सर्भरमा रहेको तारहरु जलेको छ वा छैन खुल्न बाँकी रहेको सुविसुका लेखाअधिकृत ज्ञानेन्द्र ढकालले बताए । आगोलागीको कारण खुल्न सकेको छैन । यो समाचार तयार गर्दासम्म आगो नियन्त्रणमा आइसकेको छैन । बालुवाटारमा ठूलो धुवाको मुस्लो निक्किरहेको छ । सुबिसु इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक दुरसञ्चार संंस्था हो ।

Prabhu
Crest

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान भएपनि पुष्टि हुन सकेको छैन । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ ।

लुवाटारस्थित मुख्य चोकमा आगो लागी भई धुवाको मुस्लो निस्केपछि सर्वसधारण के के भयो भन्दै त्रासमा परेका थिए ।
उता, सुविसु केवल नेटमा भएको आगोलागीबाट प्रत्यक्ष र अप्रत्यक्ष दुई खालको क्षति पुग्ने र सो बापत करोडौंको बीमा दावी पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रत्यक्ष भन्नाले भौतिक सम्पत्तिको क्षति र अप्रत्यक्ष भन्नाले इन्टरनेट र टिभीका उपभोक्ताले सेवा अबरुद्ध हुँदा व्यहोर्नुपर्ने क्षति अन्तर्गत पर्दछन् । सो क्षतिको बीमा दावी एक्चुरियल भ्यालुएशन पछि मात्रै गर्न सम्भव हुनेछ । नेपालमा अहिलेसम्म सेवाग्राहीलाई सेवा अबरुद्ध हुँदाको क्षति व्यहोर्ने प्रचलन चलिसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS