Prabhu Life Ad Final

लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, लाभांश दिन सक्ने क्षमता कति ?

IME PAY
IME Life

लक्ष्मी बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक वर्ष २०७५ ७६ को अन्त्यससम्म आइपुग्दा १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले अवधिमा बैंकले १ अर्ब १८ करोड १० लाख रुपैयाँ कमाएको थियो ।

आर्थिक वर्ष अवधिमा वितरण योग्य नाफा १ अर्ब १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । वितरण योग्य मुनाफाको आधारमा बैंकको लाभांश दिन सक्ने क्षमता १३ प्रतिशत रहेको छ ।
बैंकले जगेडा कोषमा यस अवधिसम्म २ अर्ब १६ करोड रुपैयाँ सञ्चिती गरेको छ । बैंकले यस अवधिसम्म ३ अर्ब ४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनानमा बैंकको खुद व्याज ३१ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मको अवधिमा आइपुग्दा बैंकले निक्षेप संकलनमा २२ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा २६ प्रतिशतले बृद्धि गरेको हो ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८७ पैसाले बढेर १७ रुपैयाँ ६७ पैसा पुगको छ । यस अवधिमा लक्ष्मीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS