एभरेष्ट इन्स्योरेन्सको ५ लाख २९ हजार कित्ता शेयर लिलामीमा आउँदै

एभरेष्ट इन्स्योरेन्सले हकप्रद शेयर लिलामी गर्ने भएको छ । कम्पनीले जेठ १४ गतेदेखि असार १६ गतेसम्म विक्री खुल्ला गरी आवेदन माग गरेकोमा तपसिल बमोजिम आवेदन नपरेकाले विक्री नभएको शेयर लिलामी गर्ने भएको हो ।

कम्पनीले हकप्रदमा ५ लाख २९ हजार ८ सय १९ कित्ता शेयर लिलाममा गर्ने भएको हो । जसमध्ये १ लाख ४६ हजार ५ सय ७५ कित्ता संस्थापक तर्फको र बाँकि ३ लाख ८३ हजार २ सय ५ कित्ता शेयर सर्वसाधारण तर्फको लिलामीमा रहेको छ ।

कम्पनीले साउन २९ देखि भदौ ८ गतेसम्म शेयर लिलाम गर्ने भएको हो । सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार