IME Life

राष्ट्र बैंकद्वारा क्रस होल्डिङ अनुसन्धान सुरु, ०.५% माथिका शेयरधनीको विवरण संकलन तीव्र

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुको नियमनकारी निकाय राष्ट्र बैंकले क्रस होल्डिङ (एकै व्यक्तिको एक भन्दा बढि वित्तीय संस्थामा लगानी) अनुसन्धान सुरु गरेको छ । राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले प्राकृतिक व्यक्तिको क्रस होल्डिङ अनुसन्धान सुरु गरिएको पुष्टि गरे ।

राष्ट्र बैंकले सबै बैंकहरुलाई सर्कुलर पठाई लगानीकर्ताहरुको सूचि केन्द्रीय बैंकलाई बुझाउन भनिएको छ । केन्द्रीय बैंकको सर्कुलर पाएपछि बैंकहरुमा तनाव बढेको बताइन्छ ।

Prabhu
Crest

राष्ट्र बैंकबाट यही साउन १५ गते जारी गरिएको सर्कुलरमा ०.५ प्रतिशतभन्दा बढि लगानी रहेका लगानीकर्ताहरुको तीन पुस्तो केन्द्रीय बैंकलाई बुझाउन भनिएको छ । सात दिनभित्र बुझाईसक्नु पर्ने उक्त सर्कुलर अनुसार शेयरधनीको विवरण संकलन तीव्र रुपमा भइरहेको एक बाणिज्य बैंकका सञ्चालकले इन्स्योरेन्स खवरलाई बताए ।

उता, कर्मचारी सञ्चय कोषको भने तत्काल क्रस होल्डिङ नमानिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । करिब सात करोड कित्ता भन्दा बढि शेयर नौ वटा बाणिज्य बैंक र तीन वटा विकास बैंकको शेयर कोषको स्वामित्व छ, जसको बजार मूल्य ३० करोड हाराहारी रहेको जनाइएको छ ।

सबैभन्दा ठूलो पूँजी विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी रहेको संस्थागत लगानीकर्ता हो । त्यसैले पनि क्रस होल्डिङ नमानिएको हो । सूत्रका अनुसार क्रस होल्डिङ मानिए पनि हाल उक्त पुँजि लगानी गर्ने समस्या आउनसक्ने अनुमान समेत गरिएका कारण हाललाई छुट दिन लागिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS