Prabhu Life Ad Final

लुम्बिनी विकास बैंकद्धारा काजिमान हरिटीका माविलाई खानेपानी ट्याङ्की हस्तान्तरण

IME PAY
IME Life

काठमाडौँ । लुम्बिनी विकास बैंक लि. ले श्री काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित उक्त विधालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको हो ।

बैंकका संचालक समितीका अध्यक्ष शुशील राज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक समारोहकाबीच १५०० लि. क्षमता भएको खानेपानी ट्याङ्की हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका संचालक समितीका अध्यक्ष शुशील राज पराजुलीले बैंकले जीवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बताए ।

“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखा र १३ वटा ए. टि. एम का साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS