IME Life

प्राइम लाइफको खुद बीमा शुल्क आर्जन ३०% ले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौँ। प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको नाफा ४५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीकोे रिजर्भ कोषमा भने १ अर्ब २४ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा कम्पनीले जीवन बीमा कोष ३६ प्रतिशतले बढाएर ८ अर्ब ९० करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वषको सोही अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

खुद बीमा शुल्क आर्जन
कम्पनीले आर्थिक वर्ष २०७५ ७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा खुद बीमा शुल्क पनि बढाएको छ । कम्पनीले खुद बीमा शुल्क २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ३० प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २१ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७५/ ७६ को १२ महिनाको अवधिसम्ममा कम्पनीले ५० करोड ७० लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल दाबी भुक्तानी २५ प्रतिशतले बृद्धि गरेको हो ।
आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम कुल ८० लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले ३९ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ एक सय ७६ रुपैयाँ ७० पैसा र मुल्य आम्दानी अनुपात २५.०३ गुणा रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । तर, प्राइमको भने पुगेको छैन् लाभांश घोषणा पनि गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS