चौतारी लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा पावतको रकम हस्तान्तरण

चौतारी लघुवित्त वित्तीय संस्थाले मृतकको परिवारलाई बीमा पावतको रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय बासटारीको केन्द्र नं. ००८ तल्लो गैरागाऊ चौतारी महिला बिकास केन्द्रमा आवद्ध सदस्य माया सिंजालीको श्रीमान बिजय सींजालीको मृत्यु पावतको रकम हस्तान्तरण गरेको हो ।

सदस्यको श्रीमानको असामहिक निधन भएकोमा चौतारी लघुवित्त वित्तीय संस्थाले काजक्रिया खर्च रकम १२ हजार रुपैयाँ हस्तानतरण गरेको जनाएको छ । तानसेन न.पा. वार्ड नं. १ मा उक्त केन्द्रका सम्पुर्ण सदस्यका केन्द्र संचालीका मन्जु कुवर तथा,शाखा प्रमुख निरज पन्तको उपस्थितीमा उक्त रकम हस्ततरण गरीएको हो ।

उक्त रकम हस्तान्तरण गर्दे शाखा प्रमुख पन्तले दु.ख परेको वेलामा यो रकमले पनि केही सहायता हुनेछ भन्ने विश्वास लिएको र आगामी दिनमा ग्राहक सदस्यको लागी दु.ख मा चौतारी लघुवित्तले सधै साथ दिने बताए ।

हालसम्म संस्थाले ५७ वटा शाखा मार्फत ग्राहक सदस्यलाई लघुवित्त सेवा दिईरहेको छ ।

संस्थाले हालै प्रकाशन गरेको वित्तीय विवरण अनुसार २०७६ अषाढ मसान्त सम्ममा प्रवाह गरेको कर्जा मध्ये १ अर्ब ५८ करोड उठाउन वाकी रहेको छ भने वचत संकलन ४७ करोड २७ लाख रहेको छ र कुल नाफा.४ करोड ४३ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार