Prabhu Life Ad Final

सिटी एक्सप्रेस, नेपाली समाज सुलेमानी र युनिक ग्रुपको सयुक्त सहयोगमा क्यान्सर पीडितलाई सहयोग

IME PAY
IME Life

इराक स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सर पीडितलाई उपचारका लागि राहत हुने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ ।

भोटेकोशी– ५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको लागि संकलन गरिएको उक्त आर्थिक सहयोगमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले रकम थप गरी कुल दुई लाख १० हजार रुपियाँ पीडितलाई हस्तान्तरण गरिएको जनाएको छ ।

श्रेष्ठ, समाज र गु्रपबाट संकलन भएको कुल १ लाख ९६ हजार ९ सय ६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अल ताईफमार्फत  प्राप्त भई र सिटी एक्सप्रेसबाट १३ हजार ३६ रुपियाँ थप गरी कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले क्यान्सर पीडित हस्तान्तरण गरिएको हो ।

स्तन क्यान्स पीडित ४८ बर्षकी भएकी छिन् । विगत दुई वर्षदेखि सिटी एक्सप्रेस मनि ट्रान्सफरले इराकस्थित अल ताईफ इस्लामिक बैंकसँग विप्रेषण सहकार्य गर्दै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS