काठमाडौं । लुम्बिनी विकास बैंकको १७ दशमलव ७ प्रतिशत बोनस सुरक्षित गर्ने साउन २१ गते (मंगलबार) अन्तिम दिन हो । बैंकले साउन २८ गते हुने साधारण सभा प्रयोजनको लागि साउन २२ गते देखि बुक क्लोज गर्दैछ । मंगलबार (भोलि) सम्म कायम रहेको सेयधनीले मात्र बोनस सुरक्षित गर्न पाउने भएका छन् ।
बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बैंकले साधारणसभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि पेश गर्दैछ ।
सभामा आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । साथै अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
हाल बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात् बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।