IME Life

स्वावलम्बन लघुवित्तको नाफा २३% ले बढ्यो, प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । ६२ कारोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी भएको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५\७६ को चौथो त्रैमाससम्ममा ४२ करोड २५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ३४ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा २३ दशमलव १७ प्रतिशतले बढी हो ।

लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बृद्धि गरेको छ । लघुवित्तले २३ दशमलव १६ प्रतिशतले खुद व्याज आम्दानीमा बृद्धि गरेको छ भने संचालन मुनाफामा २३ दशमलव ०८ प्रतितशले बृद्धि गरेको छ । त्यस्तै जगेडा कोषमा पनि ६० प्रतिशतले बृद्धि गरी १ अर्ब १२ करोड रुपैयाँ सञ्चिती गरेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५\७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा लघुवित्तले ५ अर्ब ८० करोड रुपैयाँ सापटी लिएको छ । गत आर्थिक वर्षको १२ महिनाको अवधिसम्ममा संस्थाले ७ अर्ब ४९ करोड रुपैयाँ बचत संकलन गरी १४ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिकोे तुलनामा बचतमा ३० प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ४१ प््रतिशतले बृद्धि गरेको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी ६७ रुपैयाँ १९ पैसा छ । यस्तै, प्रतिसेयर नेटवर्थ गत वर्ष भन्दा ५ रुपैयाँ १६ पैसाले घटेर २७८ रुपैयाँ ८९ पैसामा आइपुगेको छ । संस्थाको खराब कर्जा ० दशमलव ७७ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS