SKIP THIS

PCl

निप्सद्धारा नेपालगंजमा प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौँ । निप्सले नेपालगंजमा प्रभावतफेरी कार्यक्रम गरेको छ । बाँकेमा बीमा साक्षरताका लागि नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी (निप्स) बाँकेको ९ सदस्यीय कार्य समिति गठन गरेको उपलक्ष्यमा नेपालगंजमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।

“बीमा गरौं, ढुक्क रहौं” भन्ने लगायतका सचेतनामुलक नारासहित आयोजित उक्त कार्यक्रममा बाँकेका बीमा कम्पनीहरुको उल्लासपूर्ण सहभागीता रहेको थियो ।

नेपालगंजको गणेशमान चोक देखि पुष्पलाल चोकसम्म गरिएको उक्त प्रभातफेरीले केही मात्रामा भएपनि बीमा सचेतनामा सहयोग पुगेको कुरा कार्यक्रम आयोजक सदस्य शिद्धार्थ जंग शाहले बताए ।

कार्यक्रममा बोल्दै निप्स् बाँकेका अध्यक्ष डि.एन. गिरीले भने “निप्स बाँकेको गठन नै यस क्षेत्रको बीमा सचेतनाका लागी, बिमित एवं बीमक स्वयंको लागी एउटा महत्व्पूर्ण उपलब्धी हो” । यसैगरी आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न निप्स बाँके संधै सक्रिय रुपमा लागी पर्ने कुरा गिरीले बताए ।

एनआइपीसद्धारा बाँकेमा ९ सदस्यीय समिति गठन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार