IME Life

आरएसडिसी लघुवित्तको नाफा ७१ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षमा ६ करोड ४१ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आवको सोहि अवधीमा कम्पनीले ३ करोड ७४ लाख नाफा कमाएको थियो। कम्पनीले आफ्नो खुद नाफा ७१ दशमलव २२ प्रतिशतले बढाएको हो ।

कम्पनीको चुक्ता पूँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ। यस्तै लघुवित्तको जगेडा कोषमा पनि ७ करोड १४ लाखबाट करिब १३७ प्रतिशतले बढेर १६ करोड ९२ लाख पुगेको छ ।

Prabhu
Crest

लघुवित्तले गत असार मसान्तसम्म अन्य लघुवित्त संस्थाहरुमा दुई अर्ब ५१ करोड ५५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कर्जा प्रवाहबाट कम्पनीले १२ करोड २९ लाख ७१ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७५ प्रतिशत अधिक हो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ० दशमलव ०३ बाट ०दशमलव २५ प्रतिशतमा बढेको छ। खराब कर्जा वृद्धिले ६८ लाखको नोक्सानी व्यवस्था बढेर २ करोड माथि पुगेको छ ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७१ पैसा, कोषको लागत ११.०२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.८६ गुणा छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS