साधना लघुवित्तको नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सबै सूचकमा आर्कषक प्रगति गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको अवधिसम्म १ करोड ६१ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले गत वर्ष ४१ हजार मात्र खुद नाफा गर्न सकेको थियो ।

यस्तै, खुद ब्याज आम्दानी पनि ७ सय ८६ दशमलव ४९ प्रतिशतले वृद्धि गरेर ४ करोड ६२ लाख रुपैयाँ कमाएको छ ।

लघुवित्तको खराब कर्जा ० दशालव १६ प्रतिशत मात्र रहेको छ । साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई एक्वायर गर्ने तयारीमा रहेको छ । मर्जर पश्चात हुने पुँजीबाट कम्पनीले १०० प्रतिशत हकप्रद ल्याउने घोषणा पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार