IME Life

स्थानीय सरकारसँग बीमा कम्पनीको सहकार्य लाभप्रद बन्दै

SPIL
NIC ASIA

काठमाडौं । स्थानीय सरकार (गाउँपालिका र नगरपालिका) र बीमा कम्पनीबीचको सहकार्यले सो स्थानीय निकायभित्रका जनता र बीमा कम्पनी दुवैले लाभ लिन सफल भएका छन् । निर्जिवन बीमा कम्पनी आइएमई जनरलले अभियान रुपमा अघि बढाउँदै गरेको स्थानीय सरकारसँगको सहकार्यको सम्झौताले विकट क्षेत्रमा रहेका किसानले मनग्य लाभ लिन सकेका छन् भने बीमा कम्पनीले समेत बीमा शुल्क संकलनमा योगदान पुगेका जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक पवन थापाले स्थानीय निकायसँगको सहकार्यबाट विकट क्षेत्रमा बीमा पहुँच पुर्याउन सफल भएकोमा खुशी व्यक्त गरे । हाल आइएमई जनरल इन्स्योरेन्सले धादिङको निलकण्ठ नगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका र नुवाकोटको बिदुर नगरपालिकासँग सहकार्य गरी बीमा व्यवसाय विस्तार गर्दै आएको छ ।

Prabhu
Crest

नायब महाप्रबन्धक थापाले इन्स्योरेन्स खवरसँग स्थानीय सरकारसँग भएको सम्झौताको बारेमा भने, ‘यो सम्झौताले सबैभन्दा ठूलो कुरा विकट क्षेत्रका जनताले पशुबीमा, कृषि उत्पादनको बीमा सुविधा स्थानीय तहमै पाउन सफल भएका छन् । शहर केन्द्रीय बीमा अब गाउँ गाउँमा पुगेको छ ।’ विकट क्षेत्रका जनताको बीचमा बीमा पहुँच पुग्नु देशकै लागि उपलब्धीमुलुक  भएको नायब महाप्रबन्धक थापाको भनाई छ ।

तीन वटा नगरपालिकासँग भएको सम्झौताले बीमा प्रिमियम संकलनमा समेत योगदान पुगेकोले कम्पनी थप उत्साहित भएको बताउँदै थापाले भने, ‘विशेष गरी पशु बीमाको सन्दर्भमा किसान, स्थानीय सरकार र हामी बीमा कम्पनी तीन वटै पक्ष खुशी छौं । सरकारले दिने ७५ प्रतिशत अनुदानमा स्थानीय निकायले अझै थपेर दिएकाले किसानले न्यून शुल्कमा गाउँघरमै बीमाको सुविधा पाएका छन् । हामीलाई पनि धेरथोर प्रिमियम संकलनमा योगदान पुगेको  छ । स्थानीय सरकार पनि जनताको पशुपंक्षी नगरपालिका र वडा वडामै गर्न पाउँदा दंग छ ।’

तीन वटै नगरपालिकाले कार्याल्य सञ्चालनको लागि समेत सहयोग पाएको थापाले बताए । स्थानीय सरकारले नेपाल सरकारले दिने छुट बाहेक पनि किसानलाई छुट दिएको जनाएका छन् । स्थानीय निकायसँगको सम्झौताको सबैभन्दा बढि लाभ किसानले पाएको थापाको भनाई छ । गाउँ गाउँमा बीमा पहुँच पुगेका कारण सरकारले दिने ७५ प्रतिशत अनुदान पनि किसानले उपभोग गर्न पाएको र स्थानीय सरकारले ५० प्रतिशतसम्म शुल्क थप व्यहोरेकाले किसानले न्यूनभन्दा न्यून शुल्कमा आफ्ना पशुहरुको बीमा गर्न पाएको बताउछन् ।

उता, बीमा कम्पनीसँग सहकार्य गरेर जनताले राम्रो लाभ लिएको स्थानीय सरकारका प्रमुखले बताएका छन् । हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुरले इन्स्योरेन्स खवरसँग भने, ‘बीमा कम्पनीसँग सम्झौता पश्चात एउटा कर्मचारी हाम्रै लागि खटाई दिएको  छ, जनताले बीमा गर्न अन्यत्र धाउनु पर्दैन । राज्यका सबैं सुविधा सहित बीमाको सुविधा पाएर किसानले लाभ लिएका छन् जस्तो लाग्छ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS