IME Life

प्रभु इन्स्योरेन्स २४औं वर्षमा प्रवेश, अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले व्यवशायमा बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । प्रभु इन्स्योरेन्स २४ औं वर्षमा प्रवेश गरेको । इन्स्योरेन्सले आफ्नो २३ औं वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा भव्य रुपमा कार्यक्रमको आयोजना गरी मनाएको छ ।

 

Prabhu
Crest

२४ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताए । साथै, व्यवसायको तुलनामा दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसुचकहरु राम्रो रहेकोले कम्पनीको अवस्था धेरै राम्रो रहेको समेत बताए ।

सोहि कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले गत आर्थिक वर्ष २०७५/०७६ मा बीमा क्षेत्रले धेरै राम्रो प्रगति गर्न सकेको बताउँदै बिगतका वर्षमा बीमाको पहुँच ६-७ प्रतिशत जनतामा रहेकोमा आ.व.२०७५/०७६ मा १९ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको बताए ।

मुलुकको कुल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान २ प्रतिशत रहेको र बीमा कम्पनीको पूँजी बृद्धिको लागि तोकिएको समय सिमा समाप्त भएकोले अव तोकिएको चुक्ता पुँजी पु¥याउन नसक्ने कम्पनीको लागि कुनै पनि समय सिमा थप नगर्ने तथा पुँजी बृद्धि गर्न असफल कम्पनीहरुलाई स्पष्टिकरण सोधि सकिएको समेत जानकारी दिए ।

बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृतीबिकासको लागि सबै बीमा कम्पनी तथा बीमा समितिको सहकार्यमा बीमा तालिम केन्द्र स्थापना गरिसकिएको बताए ।

सोहि कार्यक्रममा बोल्ंदै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनी बीमा समितिको मार्गदर्शनमा अगाडी बढि रहेको बताइन् । कम्पनीले बीमाको बिकासको लागि नयाँ-नयाँ प्रोडक्टहरुको शुरुवात गर्न लागेको र सोका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको समेत बताइन् ,

कम्पनीको बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत व्यवशाय बृद्धि गरेकोे र ग्राहकवर्गको सुविधाको लागि क्यासलेस दावी भुक्तानीको सेवा ७ वटै प्रदेशमा बिस्तार गरिसकिएको तथा ग्राहकलाई बीमालेख तथा दावी सम्वन्धी जानकारी दिनको लागिका लागि अनलाइन सिस्टम बिकास गरेको बताउँदै आगामी दिनमा थप शाखा सञ्जाल बिस्तार गर्दै लगिने बताए ।

हाल कम्पनीको चुक्ता पूजी १ अर्व ५० लाख ७६ हजार पुगेको छ । साथै केन्द्रिय कार्यालय सहित ५० भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS