IME Life

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पाल्पाको तिनाँउ गाउपालिका र तानसेन नगरपालिकाको सिमा क्षेत्र डुम्रेमा वित्तीय साक्षरता कार्यक्रममा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घानट नेपाल राष्ट्र बैकका बैकका गर्भनर डा. चिरञ्जिवी नेपालले गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैकका बैकका गर्भनर डा.चिरञ्जिवी नेपालले युवाहरुलाई नेपाल सरकारले दिएको अनुदान र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनशील क्षेत्रमा लगानी गरी स्वदेशमा नै उद्यमी भई लाभ लिन आग्रह गरे ।

Prabhu
Crest

साथै, उनले बिदेशमा गएर कमाएको कमाईले अल्पकालीन लाभ देखिए पनि स्वदेशको कमाई दिगो र देशलाई सम्बृद्ध बनाउन महत्वपूर्ण हुने बताए । गर्भनर डा। नेपालले राष्ट्र बैकले लिएको वित्तीय साक्षरता अभियानको नीतिलाई बैंकले कार्यान्वयनमा ल्याउन महत्वपुर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै समावेशी अर्थतन्त्र निर्माणमा यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपालमा उत्पादन गर्न सकिने कृषि तथा कृषिजन्य बस्तु समेत ठूलो मात्रामा आयात भईरहेको बताउँदै युवाहरुले स्वदेशमा नै अवसरको सदुपयोग गरी देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । डा।गर्भनर नेपालले पाल्पामा व्यवसायीक तरकारी खेती र पशुपालनको राम्रो सम्भावना भएको उल्लेख गर्र्दै कार्यक्रममा सहभागी महिलाहरुलाई आफ्ना छोरा र श्रीमान्लाई बिदेशमा होइन स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न आग्रह समेत गरे ।

सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले नेपाल सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लगायतका सबै बैक तथा वित्तीय संस्थाबाट प्रवाह हुने भएकाले त्यस्तो अनुदानलाई उपयोग गर्न स्थानीय कृषक तथा लक्षित बर्गलाई अनुरोध गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको जानकारी गराउँदै स्थानीय नगरपालिका तथा गाउपालिकाहरुसंगको सहकार्य र समन्वयमा सहुलियतपुर्ण कर्जा प्रवाह गर्ने र प्रत्येक नेपालीको बैंक खाता अभियान अनुरुप ग्रामिण क्षेत्रमा बैंकिङ्ग पहुँच पु-याउने अभियानमा रहेको बताए ।
बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा डेभलपमेण्ट बैक यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय संस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गरी रहेकाले नै सबैको मन जित्न सकेको जानकारी दिए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले तिनाउँ गाउपालिकामा एउटा मात्रै बैंक भएको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाखा कार्यालय स्थापना गरी सचेतना कार्यक्रम गरेकोमा गाउँमा बैक र लगानी प्रति सर्बसाधारणको अत्यन्त सकारात्मक भावना बढेको बताए ।

सोही अवसरमा स्थानीय महिला उद्यमीहरु गोमा भण्डारी, सिता कुमारी अस्लामी, दुर्गा बिष्ट र साबित्रा जिसीलाई दोसल्ला र प्रसंशा पत्रबाट सम्मान गरिएको थियो भने स्थानीय मस्याम एकीकृत क्याम्पसमा जेहेन्दार बिद्याथीलार्ई छात्रबृत्ति बितरणका लागि। ५० हजार रुपैयाँ दिने घोषणा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS