IME Life

राष्ट्रिय बीमा कम्पनीका कर्मचारीको भत्ता अर्थले रोक्यो, शनिबारको बार्षिकोत्सव स्थगित

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुलाई विगतदेखि नै दिइदै आएको एक महिनाको तलब वरावरको भत्ता अर्थमन्त्रालयले रोकिदिएको छ । अर्थमन्त्रालयले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको भत्ता रोकेपछि शनिबार मनाउन लागिएको बार्षिकोत्सव समेत प्रभावित भएको छ ।

कर्मचारीहरुले विगतदेखि नै खाईपाई आएको भत्ता रोकेपछि बार्षिकोत्सव बहिस्कार गर्ने भन्दै अभियान नै चलाएको एक कर्मचारीले बताए । कर्मचारीहरुको चर्को विरोधपछि शनिबारका लागि तोकिएको बार्षिकोत्सव कार्यक्रम प्रभावित भएको राष्ट्रिय बीमा कम्पनीका एक अधिकारीले इन्स्योरेन्स खवरलाई बताए ।

Prabhu
Crest

कम्पनीमा विगतका वर्षहरुमा मदिरासहितको भव्य पार्टी, कर्मचारीहरुलाई एक महिनाको तलव बराबरको भत्ता दिएर बार्षिकोत्सव मनाउने चलन थियो । यस वर्ष अर्थमन्त्रालयले स्वीकृति नलिई भत्ता वितरण नगर्नु भन्दै निर्देशन दिएको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बताए । अध्यक्ष उपाध्यायका अनुसार कर्मचारीहरुलाई एक महिनाको तलव बराबरको रकम भत्ता बापत वितरण गर्न अर्थमन्त्रालयमा स्वीकृतिको लागि प्रस्ताव गरेपनि स्वीकृति भएर आइसकेको छैन ।

उता, अर्थमन्त्रालय स्रोतले भने बीमा संस्थानका कर्मचारीहरुलाई भत्ता खुवाउने प्रस्स्ताव अस्वीकृत गरि गरेको जनाएको छ । यद्यपि सो सम्बन्धमा अन्तिम निर्णय भने भइनसकेको बताइन्छ । कांग्रेस तथा नेकपा (नेकपा) निकट युनियनहरुले आ–आफ्नो पार्टीमा दवाव दिएर भत्ता स्वीकृत गर्न लविङ गरिरहेका छन् ।
भत्ता अस्वीकृत भएसँगै शनिबार मनाउने तयारी गरिएको बार्षिकोत्सव रोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS