IME Life

विराटनगर, इटहरी र धरानमा मेरो सुरक्षाको शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । मोबाईल बीमा सेवाको समन्वयकर्ता कम्पनी मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान पूर्वी नेपालका तीन शहरमा शाखा विस्तार गरेको छ । मेरो सुरक्षाले पूर्वका विराटनगर, इटहरी र धरानमा आफ्नो सेवा विस्तार गरेको हो ।
यस अघि चितवन र बीरगञ्जबाट सेवा दिईरहेको मेरो सुरक्षाले पश्चिम नेपालका तीन शहर बुटवल, पोखरा र पाल्पामा शाखा बिस्तार गरेको थियो । पुर्वमा शाखा विस्तार भएसँगै सबै महानगरपालिका र तीन उप महानगरपालिकामा मेरो सुरक्षाको सेवा पुगेको कम्पनीले जनाएको छ ।

मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले राजधानी तथा बीरगञ्ज, चितवन, बुटवल, पोखरा र पाल्पामा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर सेवा बिस्तार गरिएको बताए । साथै उनले आगामी भदौ भित्र दाङ जिल्लाको घोराही र तुल्सीपुर, कैलालीको धनगढी, बाकेको नेपालगंञ्ज, धनुषाको जनकपुर, हेटौँडा र तनहुँमा शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

Prabhu
Crest

संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवा पनि निशुल्क उपलब्ध गराउँदै आएको छ ।

यो सेवा पाउनका लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नुपर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS