प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न, शेयरधनीको हात खाली

काठमाडौं । प्रभु इन्स्योरेन्सले २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गर्दै कम्पनीले सभा सम्पन्न गरेको हो ।

(एनएफआरएस) मोडेलमा वित्तीय विवरण तयार गर्नुपरेकाले साधारण सभा गर्नमा ढिलो भएको कम्पनीका सिईओ सन्चित ब्रजाचायले बताएका छन्। सञ्चित नाफा न्यून भएकाले पनि यो वर्ष शेयरधनीलाई लाभांश दिन नसकेको समेत उनले बताए ।
गत वर्ष कम्पनीले १९ दशमलव २० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ । यो वर्ष हात खाली भए पनि आगामी वर्ष खाली नगराउने प्रतिबद्धता कम्पनीका सिईओे ब्रजाचायले गरेका छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख ७६ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार