काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्ने गरि कर्मचारी माग गरेको छ । प्राधिकरणले विभिन्न २६ पदमा कर्मचारी माग गरेको हो ।
प्राधिरणले विभिन्न सेवा समूहमा प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा कर्मचारी माग गरेको छ ।
यस्तै, प्राधिकरणले आर्थिक प्रशासन, एयरवर्दिनेश, एयर ट्राफिक सर्भिसेस, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, सूचना प्रविध, एभिएशन फायर सर्भिसेस , फ्लाइट अप्रेशन सर्भिसेस , इ.एण्ड टे. कम इञ्जिनियरिङ समूहमा कर्मचारी माग गरेको छ ।
आवेदकले आवश्यक कागजात र प्रमाणपत्रका साथमा तह ९ का लागि ९ सय, तह ८ का लागि ८ सय, तह ७ का लागि ७ सय रुपैयाँ दस्तुर बुझाउनु पर्ने छ ।
यस्तै, तह ६ का लागि ६ सय, तह ५ का लागि ५ सय र तह ४ का लागि ४ सय रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ ।
इच्छुक र योग्यता पुगेका उम्मेद्धवारले साउन १९ गतेदेखि भदौ ७ गतेभित्र अनलाइन फारम भर्न सक्नेछन् ।
थप जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोला
http://caanepal.gov.np