यूनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद भदौ ३ गतेदेखि

यूनाइटेड इन्स्योरेन्सले भदौ ३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः२.४ को अनुपातमा २ सय ४० प्रतिशतको दरले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि युनाइटेडले मंगलबार ९साउन १४ गते० बुक क्लोज गरेको हो । त्यसकारण त्यसकारण  साउन १३ गतेसम्म कायम लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस्तै, एनएमबी बैंकका कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डले असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो यो हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार