IME Life

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्धारा माइती नेपाललाई सहयोग

SPIL
NIC ASIA

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले माइती नेपाललाई सहयोग गरेको छ । बैंकले ३७ लाख र २० ओटा ल्यापटप दिएर सहयोग गरेको हो । ‘स्ट्यान्डर्ड चार्टर्डद्वारा भविष्य निर्माताहरू’ योजना अन्तर्गत बैंकले स्यानिटरी प्याड उत्पादन र अन्य प्रयोजनका लागि उक्त रकम सहयोग गरेको बताएको छ ।

बैंकले केही समयअगाडि दुई ओटा स्यानिटरी प्याड बनाउने मेशिन पनि सहयोग गरेको उल्लेख गरेको छ । बैंकले प्याडको उत्पादनबाट महिनावारीका समयमा महिलाहरूलाई सरसफाइका लागि कम मूल्यमा प्याड उपलब्ध हुने उल्लेख गरेको छ । ल्यापटपको प्रयोगबाट माइती नेपालका किशोरी तथा महिलाले प्रविधिबारे जानकारी हासिल गर्ने बैंकको भनाइ छ ।

Prabhu
Crest

माइती नेपालमा आयोजित सहयोग कार्यक्रममा बैंकका कर्पोरेट मामिला ब्रान्ड तथा मार्के्टिङ प्रमुख प्रनु सिंहले स्यानिटरी प्याडको उत्पादन र प्रयोगबाट किशोरी तथा महिलाको जीवनस्तर र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै महिला सबलीकरणमा बैंकले सहयोग जारी राख्ने उल्लेख गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS