Prabhu Life Ad Final

एभरेष्ट बैंकको नाफा १८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

IME PAY
IME Life

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकले नाफामा १८ प्रतिशतले बृद्धि गरेको हो ।

बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानी लगायत महत्वपूर्ण सूचकहरुमा पनि राम्रो सुधार गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७५/७६ को १२ महिनाको अवधिसम्ममा बैंकले १ खर्ब २९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले निक्षेपमा १२ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा १६ प्रतिशतले बृद्धि गरेको हो ।

गत आर्थिक वर्षको १२ महिनाको अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशतले बृद्धि गरेको छ । अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS