लक्ष्मी भ्यालु फण्ड–१ का धनीले पाउने भए १५% लाभांश

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबद्र्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी  म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ का  इकाईधनीहरुले १५ प्रतिशत लाभांश पाउने भएका छन् ।

साउन १५ गते बुधबार बसेको संचालक समितिको ५३ औँ बैठकले इकाईधनीहरुलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लक्ष्मी म्युचल फण्ड अन्तर्गत संचालित यस फण्डले आर्थिक बर्ष ७५/ ७६ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई कर सहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार