Prabhu Life Ad Final

७८ प्रतिशतले नाफा बढाएको माहुली लघुवित्तको प्रति शेयर आम्दानी कति ?

IME PAY
IME Life

माहुली लघुवित्त वित्तीय संस्थाले आकर्षक वित्तीय विवरण प्रकाशन गरेको छ । गत आर्थिक वषको १२ महिनाको अवधिसम्म आइपुग्दा लघुवित्तको खुद नाफा ७८ प्रतिशतले बढेर ४ करोड २९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५३ प्रतिशतले बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको सञ्चालन नाफा ६३ प्रतिशतले बढेर ६ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मको अवधिमा ८८ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २९ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ३९ प्रतिशतले बृद्धि गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको १२ महिनामा सापटि पनि ३२ प्रतिशतले बढाएको छ ।

महुलीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९ पैसाले बढेर ४२ रुपैयाँ १० पैसा (बार्षिक) कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २ सय ८९ रुपैयाँ ४१ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २३ गुणा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS