लुम्बिनी विकास बैंक र ॐ समाज डेन्टल हस्पिटलबीच सम्झौता

लुम्बिनी विकास बैंक लि. र ॐ समाज डेन्टल हस्पिटलबीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले गरेका हुन् ।

उक्त सम्झौता बमोजिम लुम्बिनी विकास बैंकका कर्मचारी, कार्ड वाहक तथा ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यबस्था गरिएको छ ।

“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार