रिलायवल लाईफद्वारा मृत्यु दावी भुक्तानी

काठमाडौं । रिलायवल लाईफ इन्स्योरेन्स कम्पनीको लमजुङ शाखाले मृत्यु बीमा दावी भुक्तानी गरेको छ ।

लमजुङ सुन्दरबजार–६ ऐशलु चौर निवासी रबि बहादुर तामाङको निधन पश्चात निजको आश्रित परिवार श्रीमती सनमाया तमाङलाई मृत्यु दाबी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ । एक लाख रुपैयाँ बीमा दावी रकम लम्जुङ शाखा प्रमुख राजु गुरुङले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार