Prabhu Life Ad Final

मिर्मिरे लघुवित्तको नाफामा आकर्षक सुधार, प्रतिशेयर आम्दानी कति ?

IME PAY
IME Life

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आकर्षक वित्तीय विवरण प्रकाशन गरेको छ । गत आर्थिक वषको १२ महिनाको अवधिसम्म आइपुग्दा लघुवित्तको खुद नाफा १ सय ७ प्रतिशतले बढेर ६ करोड १४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२ प्रतिशतले बढेर १४ करोड ३४ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको सञ्चालन नाफा १ सय ३१ प्रतिशतले बढेर ८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्मको अवधिमा ७७ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ८९ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ७१ प्रतिशतले बृद्धि गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको १२ महिनामा सापटि पनि ५६ प्रतिशतले बढाएको छ ।

प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ७४ पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा पुगेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS