IME Life

विजय लघुवित्तको नाफा १५०% ले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

विजय लघुवित्त वित्तीय संस्थाले आकर्षक वित्तीय विवरण प्रकाशन गरेको छ । गत आर्थिक वषको १२ महिनाको अवधिसम्म आइपुग्दा लघुवित्तको नाफा १ सय ५० प्रतिशतले बढेर ६ करोड २३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा विजयको सञ्चालन नाफा १ सय ९४ प्रतिशतले बढेर ९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । साथै, खुद ब्याज आम्दानी ६४ प्रतिशतले बढेर १६ करोड ४० लाख रुपैयाँ पुगेको छ

Prabhu
Crest

लघुवित्तले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्मको अवधिमा ५९ करोड ३३ लाख रुपैयाँ निक्षनेप संकलन गरी २ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ९२ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ९९ प्रतिशतले बृद्धि गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको १२ महिनामा सापटि पनि ११० प्रतिशतले बढाएको छ ।
प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९९  पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा पुगेको छ ।

विजय लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्तलाई एक्वायर गर्न असार २६ गते एक्विजिसन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । हाल लघुवित्तको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS