त्रिविवि अन्तर्गत एक्चुअरियल साईन्सको स्नातक तहमा नयाँ भर्ना खुल्यो

त्रिभुवन विश्वविधालय अन्तर्गत एक्चुअरियल साईन्सको स्नातक तहमा नयाँ भर्ना खुलेको छ । त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सेमेष्टर प्रणाली अनुसार पठन पाठान हुने चार वर्षे स्नातक तहमा एक्चुअरियल विषयमा भर्ना खुलेको हो ।

कक्षा १२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको म्याथम्याटिक्स वा विजनेश म्याथम्याटिक्स विषय लिएर जुनसुकै संकाय बाट कम्तिमा  द्धितिय श्रेणी वा हरेक विषयमा डि ग्रेडको साथ जिपिए २ वा सो भन्दा बढी प्राप्त गरेका जो कोहीले आवेदन दिन सक्ने गणित विज्ञान स्कुलले जनाएको छ ।

भदौ ११ गतेसम्म फाराम बुझाउन सकिनेछ । प्रवेश परीक्षा भदौ १४ गते गणित विज्ञान स्कुल, बल्खुमा  त्रिभुवन विश्वविधालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार