IME Life

महालक्ष्मी लाईफको प्रथम वार्षिक शाखा सम्मेलन सम्पन्न

SPIL
NIC ASIA

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन श्रावण १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ । स्टाटेजीस बिजनेस मिट २०१९ नाम दिइएको सम्मेलनको समुदघाटन इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेका थिए ।

ल्न पफ्रम लिड नारा सहित दुई दिन संचालित उक्त सम्मेलनको पहिलो दिन आ.व. २०७६।७७ को लक्ष्य, रणनिति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो । दोस्रो दिन सम्पुर्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अण्डररार्इ्टिङ्ग, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो। कार्यक्रमको अन्तमा संचालक सुरेश सापकोटा बाट लक्ष्य पुरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो ।

Prabhu
Crest

२०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाईफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको छ।

चालु आर्थिक बर्षमा थप ५० वटा शाखा र उपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम वीमाशुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS