IME Life

पनौतिका जनप्रतिनिधि नै पशु–कृषिबीमाबारे अनभिज्ञ, भन्छन्ः बीमाबारे जनचेतना नै पाएनौं

SPIL
NIC ASIA

पनौति । काभ्रेतिको पनौति कृषि उत्पादन तथा तरकारीको लागि निर्क चर्चित ठाउँ हो । पूर्वी काठमाडौं र भक्तपुरमा आउने अधिकांश तरकारीहरु काभ्रेबाटै आउँछ । तर, त्यही काभ्रे पनौतिका जनप्रतिनिधिले नै पशु र कृषि बीमाबारेमा जानकारी नै नपाएको गुनसो गरेका छन् ।

आइतबार विहान पनौति नगरपालिका वडा नं ७ को कार्यालयमा पुग्दा वडा सदस्य पुरुषोत्तम कर्माचार्य कार्यालयको काममा व्यस्त थिए । जब पशु बीमा र बाली बीमाको प्रसंग आयो, उनी झस्कदै भने, ‘म जनप्रतिनिधि र किसान दुवै हो, जनताको सेवासँगै खेति किसानी पनि गर्छु तर म आफैले पशु बीमा र बाली बीमाको बारेमा बुझेको छैन ।’ उनले बीमा कम्पनीहरुले व्यापार मात्रै गरेको जनचेतना अभिबृद्धि गर्ने पक्षमा काम नगरेको आरोप लगाए ।

Prabhu
Crest

कर्माचार्यले पशु बीमा गर्न आउनेलाई नगरपालिकाको पशु विभागमा पठाउने गरेको तर बाली बीमाको सम्बन्धमा अझैसम्म पनि अभ्यास हुन नसकेको भन्दै दुखेसो पोखे । किसानले लगाउने बाली फल्छ कि फल्दैन भनेर आतंकित बन्नु पर्ने अवस्था छ । बाली बीमामा सरकारले अनुदान दिएको भएपनि बीमा कम्पनीहरुको शहरमुखी सेवाको कारण जनताले सुविधा पाउन नसकेको बताए ।

वडा सदस्य कर्माचार्य मात्रै होइन, स्थानीय ज्ञान विकास बहुउद्देश्यीय पुस्तकायलयका अध्यक्ष महेशकृष्ण कर्माचार्यले किसानलाई बीमा सम्बन्धमा आवश्यक जनेचतना नपुगेको बताए । अध्यक्ष कर्माचार्यले सरकारले किसानलाई अनुदानमात्रै दिएर नपुग्ने र बाली र पशु बीमाबारेमा व्यापक जनचेतना फैलाउनुपर्ने बताए । त्यस्तै अर्की स्थानीय महिना ओसिन ताम्र
कारले बाली बीमा र पशुबीमाको बारेमा किसानलाई जनचेतना अभिबृद्धि गर्न सकेमा किसानले राहत पाउने र बीमा कम्पनीले पनि व्यापार बृद्धि गर्ने धारणा राख्छिन् । स्थानीय सरकार, बीमा कम्पनीहरु मिलेर किसानलाई जनचेतना अभिबृद्धिमा जुट्ने व्यवस्था मिलाउन ओसिनले आग्रह गरिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS