IME Life

नयाँ नेपाल लघुवित्तले माग्यो ६५ जना कर्मचारी, एसएलसी पास गरेकालाई पनि अवसर

SPIL
NIC ASIA

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले तीन तहमा ६५ जना कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक प्रबन्धक (छैटौँ तह), वरिष्ठ सहायकरसुपरिवेक्ष (पाँचौँ तह) र सहायकरफिल्ड सहायक (चौथो तह) मा ६५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक र फिल्ड सहायक ४० जना, वरिष्ठ सहायक र सुपरिवेक्षक २२ जना र सहायक प्रबन्धक ३ तीन जना माग गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सहायक प्रबन्धकका लागि स्नातक उत्तीर्ण भई ग्रामी विकास सम्बनधी कम्तीमा एक वर्ष कार्य अनुभव र कम्प्युटर ज्ञान हुनुपर्नेछ । यो पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्नेछन् ।

त्यसैगरी, वरिष्ठ सहायक र सुपरिवेक्षक पदका लागि कम्तीमा आईए वा प्लस टु उत्तीर्ण गरी ग्रामी विकास सम्बन्धी कम्तीमा एक वर्ष कार्य अनुभव वा एसएसली वा सोसरह उत्तीर्ण गरी बैंकिङ र वित्तीय र लघुवित्त संस्थामा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्नेछ । यो पदका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्नेछन्।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन २४ गतेभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS