IME Life

ग्लोबल आइएमई बैंकको नाफा २ अर्बमाथि

SPIL
Sanima Reliance

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३३ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा ग्लोबल आइएमई बैंकले २ अर्ब १० करोडरुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

Crest
Meta Holidays

आर्थिक वर्ष २०७५/ ७६ को १२ महिनाको अवधिसम्ममा बैंकले १ खर्ब २० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले निक्षेपमा १५ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा २३ प्रतिशतले बृद्धि गरेको हो ।
गत आर्थिक वर्षको १२ महिनाको अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३३ प्रतिशतले बृद्धि गरेको छ । अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ५८ रुपैयाँ ६२ पैसा रहेको छ ।

जनता बैंकसँग मर्जमा जान ग्लोबल आइएमईले हस्ताक्षर गरिसकेको छ । यस्तै, ग्लोबलले हाथवे फाइनान्सलाई पनि एक्वायर गर्न लागेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x